दफा
सभाको गठन
: (१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ :
(क) कुलपति – अध्यक्ष
(ख) सहकुलपति – उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने)– सदस्य
(घ) उपकुलपति – सदस्य
(ङ) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा
सभाबाट मनोनीत दुईजना – सदस्य
(च) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ज) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(झ) शिक्षाध्यक्ष – सदस्य
(ञ) डीनहरूमध्येबाट सभाबाट मनोनीत एकजना – सदस्य
(ट) निर्देशक – सदस्य
(ठ) ……………
(ड) शिक्षकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एकजना महिलासहित दुईजना– सदस्य
(ढ) शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना – सदस्य
(ण) दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कम्तीमा दुईजना महिलासहित कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत चारजना – सदस्य
(त) चन्दादाताहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना – सदस्य
(थ) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्येबाट सभाले मनोनयन गरेको एकजना – सदस्य
(द) पिछडिएको क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुमध्येबाट कम्तीमा एकजना महिलासहित कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुईजना – सदस्य
(ध) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बा“की अवधिको लागि सो पदमा पहिले
जुन प्रक्रियाबाट पूर्ति गरिएको हो, सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।